केयरगिभरका लागि इजरायल जाने हो ? आवेदन खुल्यो
टुरिजमफेस
काठमाडौं । केयरगिभरका लागि इजरायल जाने सोच्नु भएको छ ? त्यसो हो भने तयार रहनु्स् किनकि वैदेशिक रोजगार विभागले केयरगिभरका लागि आवेदन आह्वान गरेको छ । विभागले सूचना प्रकाशित गर्दै ८०० जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो । इजरायलको केयरगिभरमा जान धेरैको चासो रहने गरेको छ । केयरगिभरमा जान विभागले मापदण्ड समेत बनाएको छ ।

जसअनुसार जान चाहनेको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ । त्यस्तै उचाई कम्तीमा पनि १.५ मिटर हुनुपर्नेछ भने तौल ४५ किलोग्राम तोकिएको छ । यस्तै, १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी १५ महिनाको अध्ययन पूरा गरेको अथवा प्लसटु वा सो सरहको अध्ययन पूरा गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभरसम्बन्धी तीन महिनाको अनिवार्य तालिम प्राप्त गरेको हुनुपर्ने समेत विभागको मापदण्डमा उल्लेख छ । साथै ब्रिटिस काउन्सिलबाट लिइएको फाउण्डेसन इंग्लिस टेष्ट (फेइटी) को कम्तिमा ए२ लेभलक उत्तीर्ण हुन आवश्यक छ ।
