बैंक अफ चाइनाद्वारा सानिमा बैंक लिमिटेडलाई नेपालका लागि एजेन्ट बैंकको रूपमा नियुक्त गर्ने सम्झौतापत्रमा हस्ताक्षर

टुरिजमफेस
काठमाडौं । The Export and Import Bank of China (CEXIM) बैंकले सनिमा बैंक लिमिटेडलाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रा.लि (१३५ मेघावाट)-१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेघावाट)–१ समेत २ जलबिद्युत आयोजनाका लागि वित्तीय सहजिकरण-मध्येस्थकर्ताको रूपमा कार्य गर्न नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ ।
CEXIM बैंकको चिनस्थित Sichuan शाखामा आयोजित एक विशेष कार्यक्रममा सानिमा बैंक लिमिटेड र (CEXIM) बिच सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।
उक्त सम्झौतामा सानिमा बैंकका तर्फवाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र CEXIM को तर्फवाट Sichuan शाखाकी उपाध्यक्ष Wu Yanhui ले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, CEXIM बैंक अध्यक्ष Chen Shengrong,र SGIC इन्टरनेशनलका अध्यक्ष Liao Bin समेतको उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले एजेन्सी बैंकको रूपमा कार्य गर्न सानिमा बैंकलाई विश्वास गरी छनौट गरेकोमा सबै सरोकारवालाहरु प्रति आभार व्यक्त गरे । उनले उर्जा जलबिद्युत, व्यापार पूर्वाधारलगायतका क्षेत्रमा यस्ता सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समेत व्यक्त गरे ।
त्यसैगरी CEXIM र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरुले परियोजना समयमै सम्पन्न गर्न सहजिकरण गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यको लागि सानिमा बैंकको भुमिका महत्वपूर्ण हुने भन्दै यी परियोजनावाट प्राप्त अनुभवबाट भविश्यमा अन्य क्षेत्रमा पनि यस किसिमका सहकार्य गर्न उक्त परियोजनाहरु कोशेढुंगा सावित हुने बताए ।