सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन अलमल

टुरिजमफेस
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शुक्रवार प्रधानमन्त्री बनाउने भनिए पनि अलमल गरिएको छ । खासगरी जेनजी समूह र कार्कीको इच्छा अनुसार राजनीतिक दलले सहमति गर्न नचाहेपछि अन्तरिम सरकार गठनमा अलमल भइरहेको हो ।
कार्की र जेनजी समूहले आफू प्रधानमन्त्री बन्ने हो भने जेनजी आन्दोलनमा भएको दमनको छानबिन तथा संसद् विघटनको माग छ । राष्ट्रपतिसँग भएको छलफलमा उनले संसद् विघटन नभए संख्या देखाएर आफूले काम गर्न नसक्ने र यसले जेनजीलाई न्याय नहुने धारणा राखेकी छन् ।
यसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहमति नजनाएको बताइएको छ । जेनजी आन्दोलनको दमनको छानविन गर्दा तत्कालीन सरकारका उच्च पदस्थ व्यक्तिसमेत कारवाहीको दायरामा आउन सक्ने सम्भावना छ ।