बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना

टुरिजमफेस
काठमाडौं । एउटा सुन्दर गुम्बा छ । छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन् । कलाकार आना ढकालले प्रकृतिलाई उधिनेर क्यान्भासमा सजाएको यो दृश्य ललितपुरको सानेपास्थित कुञ्ज कला प्रदर्शनीको एउटा आकर्षण हो ।
चितवनको भरतपुरस्थित घर नजिकै आमाले हरेक हप्ता त्यही गुम्बामा लैजानुहुन्थ्यो । उनको मानसपटकमा त्यो गुम्बा रहिरह्यो । जहिले पनि त्यहाँ पुग्दा उनलाई शान्ति मिल्थ्यो । त्यो बाल्यकालको छाप काठमाडौँ आउँदा पनि मेटिएन । गुम्बाको याद सधैँ आइरहने हुँदा तेल रङले क्यान्भासमा उतारेर राखे । एक वर्षअघि बनाएको चित्र अहिले उनको सानेपामा जारी पहिलो एकल कला प्रदर्शनीमा समावेश छ ।
प्रदर्शनीको अर्को आकर्षण हो– बौद्धमा रहेको गुम्बा । कुनै एक विदेशीले बौद्धमा सहर बस्नुअघि नै खिचेको पुराना तस्बिरहरू उनले सगालेकी थिइन् । त्यसमध्येको केही तस्बिरलाई उनले क्यान्भासमा तेल रङमार्फत उतारेकी छन् । जहाँ बौद्ध वरिपरि परम्परागत घरहरू मात्रै छन् । बाँकी सुन्दर प्रकृति अनि फाँटहरू । अहिले त्यो दृश्य तस्बिर र यस्तै क्यान्भासमा मात्रै सीमित छ । उनले त्यही पुरानो यादलाई क्यान्भासमार्फत जीवन्त दिन खोजेकी छन् ।
त्यही बौद्धको पुरानो सम्झनालाई उनले क्यानभासमा भरेर प्रदर्शन गरेकी छन् । फरकफरक कोणबाट खिचिएका बौद्धका तस्बिरलाई उनले क्यानभासमा उतारेकी हुन् । उनलाई बौद्धले सबै तानिरहने सुनाइन्। चार वर्षअघि बनाएको चितवनकै गर्मीको समयको सूर्यमुखी फूललाई पनि उनले देखाकी छिन् । आना त्यसलाई वास्तविकभन्दा फरक शैलीमा प्रस्तुत गर्न रुचाउँछिन् ।
यस्तैयस्तै प्रकृति, त्यसमा खेलिरहने फूल र केही बौद्ध गुम्बालाई विषय बनाएर आना ढकालको अहिले यहाँ ‘इन द सेल्टर अफ नेचर’ शीर्षकमा एकल कला प्रदर्शनी गरिरहेका छन् । अझै आठ दिन यहाँ उनको कला हेर्न सकिन्छ । उनी भन्छिन्, “मानव जीवनको प्रकृतिसँग कति सम्बन्ध छ भनेर देखाएकी छु ।” उनले प्रदर्शनीमा कतिपय फूलहरू पनि समावेश गरेकी छिन् । बौद्धको पुराना तस्बिरलाई क्यानभासमा उतारेकी छिन् । जुन बेला सुन्दर फाँट र परम्परागत घरहरूको बीचमा रहेको बौद्ध गुम्बालाई उहाँले विषय बनाएर फरकफरक कोणबाट क्यान्भास सजाएकी छिन् ।