ओलीको राहदानी रोक्का राजनीतिक प्रतिशोधः एमाले

टुरिजमफेस
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का राख्न गरिएको सिफारिसलाई एमालेले राजनीतिक प्रतिशोध भनेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दसैंको मौका पारेर आफ्ना अध्यक्षको राहदानी रोक्काको निर्णयप्रति केन्द्रीय सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको बताए ।
भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले एमाले अध्यक्ष ओली, उनको नेतृत्वमा रहेको सरकारका गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवी रिजालको राहदानी रोक्का गर्न सिफारिस गरेको थियो ।