हमासले विपिन जोशीको शव त दियो तर बताएन मृत्युको कारण

टुरिजमफेस
काठमाडौं । गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शव हमासले इजरायललाई दिए पनि मृत्युको कारण भने अहिलेम्म खुलाएको छैन । उनी कसरी र किन मारिए भन्ने चौतर्फी प्रश्न उठिरहेको बेला हमासले एकाएक विपिनसहित चार जनाको शव रेडक्रसमार्फत इजरायल सरकारलाई उपलब्ध गराएको टाइम्स अफ इजरायलले जनाएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसी निवासी विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २०८० भदौमा इजरायल गएका थिए । विपिनसहित चार जनाको शव फिर्ता गरे पनि अझै हमासले २४ जना मृत बन्धकको शव फिर्ता गर्न बाँकी छ । सोमबार जीवित २० बन्धक भने हमासले इजरायल सरकारको जिम्मा लगाएको छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिएका थिए भने विपिन अपहरणमा परेका थिए । इजरायलको किबुज क्षेत्रमा रहेको कृषि फार्ममा १७ नेपाली विद्यार्थी बस्थे र त्यहीबाट उनी अपहरणमा परेका थिए ।