७० वर्ष पुग्नु भयो ? उसो भए तपाईंलाई हवाई भाडामा ५० प्रतिशत छुट

टुरिजमफेस
काठमाडौं । ७० वर्ष पुग्नु भयो ? पुग्नु भएको छ भने तपाईंका लागि खुशीको खबर छ । किनकि सरकारले ७० वर्ष पुगेका हरेक नागरिकले हवाई भाडामा ५० प्रतिशत छुट पाउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुहरूका लागि हवाई भाडामा छुट दिने निर्णय गरेको हो ।
प्राधिकरणको निर्णय लागू गर्न सबै वायुसेवा कम्पनीहरूलाई निर्देशन दिइएको छ । अबदेखि ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा नेपाल सरकारले तोकेको अधिकतम भाडादरमा ५० प्रतिशत छुट पाउने प्राधिकरणले जनाएको छ ।
त्यस्तै, ८० वर्षभन्दा माथिका यात्रुका लागि ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ । फरक क्षमता भएका यात्रुका लागि पनि न्यूनतम ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।