‘बेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशन’ को अवार्ड नेपाललाई

टुरिजमफेस
काठमाडौं । ‘बेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशन’ को उपाधि नेपालले प्राप्त गरेको छ । ट्राभल वल्र्ड अनलाइन (टिडब्लुओ) ले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ग्लोबल टुरिजम अवार्डको कार्यक्रममा नेपाल ‘बेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशन’ को उपाधि हात पार्न सफल भएको हो । विभिन्न देशहरूको नोमिनेशनबाट नेपालले उक्त उपाधि प्राप्त गरेको नेपालको तर्फबाट त्यस कार्यक्रममा प्रतिनिधित्व गरेका नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले बताए । उनले यो सम्मानले नेपाल पर्यटकका लाागि सुरक्षित र पर्यटकमैत्री गन्तव्य हो भने सन्देश विश्वभर फैलिएको समेत बताए । अवार्ड समारोहमा पर्यटन उद्योगमा उत्कृष्टता र नवप्रवर्तनको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । जस अन्तगर्त बेस्ट वेलनेस रिसोर्ट कैराली (आयुर्वेदिक उपचार गाउँ) भारत, उत्कृष्ट इनबाउन्ड अपरेटरमा क्रिएटिभ ट्राभल भारत, सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय पर्यटन बोर्डमा श्रीलंका पर्यटन प्रवद्र्धन ब्यूरो, उत्कृष्ट उदयमान पर्यटन गन्तव्य (अन्तर्राष्ट्रिय) अजरबैजान पर्यटन, बेस्ट डोमेस्टिक टुर अपरेटरमा सदर्न ट्राभल भारत, उत्कृष्ट दिगो राज्यमा मध्य प्रदेश पर्यटन बोर्डलाई सम्मान गरिएको थियो ।
अवार्ड समारोहमा श्रीलंकाका पर्यटन मन्त्री, श्रीलंकल एअरलाइन्सका अध्यक्ष, ट्रावल एशोसिएसन अफ इन्डिया (टाइ) का अध्यक्ष, इन्डियन चेम्बर अफ कर्मश एभिएशन टुरिजम एण्ड हस्पिटालिटिलीका अध्यक्ष शुभाष गोयल लगायत सरोकारवालाहरू, उद्योगका अगुवाहरू, सरकारी प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । सम्मानित निर्णायक मण्डलको अध्यक्षता आइसिटीका पूर्व कार्यकारी निर्देशक नकुल आनन्द र पूर्व पर्यटन सचिव एम.पी. बेजबरुआ, विनोद जुत्शीलगायतले यो अवार्डले विश्वभरका पर्यटन संघ संस्था तथा व्यवसायीहरूको समर्पण र कडा परिश्रमलाई मान्यता दिनु रहेको बताएका थिए ।