दीपकराज जोशी पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त
टुरिजमफेस
कठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा दीपकराज जोशी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले अन्तिम छनोटमा परेका ३ जनामध्ये जोशीलाई नियुक्त गरेको हो । १४ जना उम्मेदवारमध्येबाट जोशीसहित धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो अन्तिम सूचीमा थिए । बोर्डको सञ्चालक समितिको बैठकले जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो । जोशीले यसअघि पनि बोर्डको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् । तत्कालीन प्रमुख कार्यकारी अधिकृत धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड प्रमुख कार्यकारी अधिकृतविहीन थियो । प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न तत्कालीन पर्यटन सचिव दिपक काफ्ले अध्यक्ष रहेको सञ्चालक समितिले २०८० चैत २४ मा दर्खास्त आव्हान गरेको थियो । केही समयदेखि प्रमुख कार्यकारी अधिकृत नहुँदा बोर्डको नियमित कामसमेत प्रभावित हुँदै आएको छ ।
