हवाई टिकट र ट्रेकिङमा लगाइएको भ्याट तत्काल फिर्ता हुनुपर्छः राष्ट्रिय पर्यटन व्यवसायी संगठन
टुरिजमफेस
काठमाडौं । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले हवाई टिकट र ट्रेकिङमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्न माग गरेको छ । नवनियुक्त नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीलाई भेट्दै संगठनले यस्तो माग गरेको हो ।
संगठनका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद सापकोटा र महासचिव यमबहादुर खड्काले संयुक्त रूपमा राखेको मागमा चालु आर्थिक वर्ष २०८१÷८२ को पर्यटन बोर्डको बजेट तत्काल पास गरी कार्यान्वयनमा लैजानुपर्ने, विश्व प्रशिद्ध पर्यटन मेलाहरू वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम) आइटिबीलगायतमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्ने, नयाँ पर्यटन बजारहरू पहिचान गरी प्रवद्र्धनात्मक कार्यक्रम गरिनुपर्ने, हवाई टिकट र ट्रेकिङमा लगाइएको भ्याट तत्काल फिर्ता लिन सरकारसँग संवाद गर्नुपर्ने छन् ।
त्यस्तै संगठनले टिआइएमएसको उद्देश्यअनुरूप कार्यान्यन गरी एफआइटी ट्रेकर्सलाई रोक्नुपर्ने र त्यसका लागि तत्काल पर्यटक पदमार्ग प्रवेश गर्ने द्वारहरूमा चेकपोस्टहरू स्थापना गर्नुपर्ने, गाइडबिना ट्रेकिङ गर्न नपाइने नियम लागू गर्नुपर्ने, नेपाल एयरलाइन्सको सुधारको लागि पर्यटन बोर्डले नेतृत्वदायी भूमिका खेल्नुपर्नेलगायतका छन् ।
