बाढीपहिरोमा मृत्यु हुनेको संख्या १८५ पुग्यो, ४० जना अझै बेपत्ता
टुरिजमफेस
काठमाडौं । देशभरिको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८५ पुगेको छ । ४० जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयको पछिल्लोे तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ जनाको मृत्यु भएको छ । त्यस्तै गोरखा, चितवन, बुटवललगायतका स्थानबाट काठमाडौं आउँदै गर्दा नागढुंगा नजिकै झाप्ले खोलामा गएको पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ ।
गृह मन्त्रालयका अनुसार बेपत्ता हुनेहरूमा उपत्यकाका २०, बागमतीका विभिन्न जिल्लामा ११ र कोशीका ७ जना रहेका छन् । यस्तै बाढीपहिरोमा परी ४५ जना घाइतेको उपचार भइरहेको छ । गृहले देशभर १३२७ घरमा क्षति पुगेको छ भने विभिन्न १९ सडक भत्किएका छन् ।
