सत्य निरूपण तथा बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

टुरिजमफेस
काठमाडौं । सत्य निरूपण तथा बेपत्ता आयोगले पूर्णता पाएको छ । लामो समयदेखि रिक्त ती दुई आयोगमा सरकारले नयाँ पदाधिकारी नियुक्त गरेको हो ।
मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्वमुख्य सचिव लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । सोही बैठकले नै दुई आयोगमा थप चार–चार जना सदस्यहरू पनि नियुक्त गरेको छ । जसअनुसार सत्य निरूपण आयोगका सदस्यहरूमा अच्युतप्रसाद भण्डारी, डा. टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्य ओझाले नियुक्ति पाएका छन् ।
त्यस्तै बेपत्ता छानबिन आयोगका सदस्यहरूमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली नियुक्त भएका छन् । दुवै आयोगका पदाधिकारीहरूको तलब तथा भत्ता राष्ट्रिय मानव अधिकार आयोग सरह हुने व्यवस्था छ ।