नेपाली सृच्छा प्रधान अन्तिम ४० बाट बाहिरिँदा थाइल्यान्डकी ओपल सुचाता बनिन् विश्व सुन्दरी

विश्व सुन्दरी ओपल सुचाता
टुरिजमफेस
काठमाडौँ । थाइल्यान्डकी ओपल सुचाता यस वर्षको विश्व सुन्दरी बनेकी छन् । भारतको हैदराबादमा आयोजित अन्तिम प्रतिस्पर्धामा उनी विश्वका १०८ सुन्दरीलाई पछि पार्दै विश्व सुन्दरीको ताज पहिरिन सफल भइन् ।
ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज लगाइदिइन् । सन् २०२५ को विश्व सुन्दरी प्रतियोगितामा इथियोपिया, पोल्याण्ड र मार्टिनिकका सुन्दरीहरू क्रमशः दोस्रो, तेस्रो र चौंथो बन्न सफल भए ।
नेपालबाट प्रतिनिधित्व गरेकी सृच्छा प्रधान अन्तिम ४० बाट बाहिरिइन् ।
विश्व सुन्दरी ओपल सुचाता