जामाचो गुम्बा-नागार्जुन हाइकिङमा हराएका बालकको मध्यरातमा सेनाले गर्यो उद्धार

उद्धारमा खटिएका सेना र जामाचो हाइकिङ क्षेत्र
काठमाडौं । जामाचो हाइकिङमा गएका एक बालक हराएपछि नेपाली सेनाको टोलीले मध्यरातमा उद्धार गरेको छ ।
३१ जेठमा हाइकिङ गएर फर्कने क्रममा १३ वर्षीय बालक हराएको भन्ने सूचना पाएपछि भैरवीदल गण, नागार्जुनबाट नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो ।
सेनाको टोलीले ती बालकलाई भिरबाट ६ सय मिटर तल खसेको अवस्थामा राति ८ बजे फेला पारेको थियो ।
भिरबाट घाइते अवस्थामा उद्धार गरिएका ती बालकलाई सेनाले नै प्राथमिक उपचार गरेर थप उपचारका लागि परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ ।
अहिले ती बालकलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा राखिएको छ ।
जामाचो गुम्बा हाइकिङ काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिकको हाइकिङ भएकाले यो रुट बालकदेखि बृद्धसम्मको रोजाइमा पर्दै आएको छ ।
तर, एक्लै हाइकिङमा जाँदा भने सावधानी अपनाउनुपर्ने यो घटनाले सन्देश दिएको छ ।
विगतमा फुल्चोकी क्षेत्रमा एक्लै तथा समूहमा हाइकिङ गएकाहरु पनि हराउँदा स्थानीय र प्रहरीको सहयोगमा उद्धार गर्ने काम हुँदै आएको थियो ।
उद्धारमा खटिएका सेना र जामाचो हाइकिङ क्षेत्र