पूर्वभारतीय राजदूत रञ्जितले नेपालको पर्यटनको वारेमा खुलेर गरे कुराकानी, भाइरल भयो पोडकास्ट

टुरिजमफेस
काठमाडौं । नेपालको प्रकृतिक सुन्दरताको विषयमा विश्वभर नै चर्चा भइरहन्छ । भाषा, भर्म र संस्कृति मिल्ने छिमेकी मुलुक भारतमा नेपालका पर्यटकीय ठाउँको वारेमा चर्चा नहुने कुरै भएन ।
नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रे ले त एक पोडकास्टमा नेपाल धार्मिक पर्यटनका लागि मुख्य आकर्षणको केन्द्र नै रहेको बताएका छन् ।
उक्त पोडकास्टमा उनी धार्मिक पर्यटन मात्रै नभएर साहसिक पर्यटनका लागि पनि नेपाल विश्वमै आकर्षक गन्तव्य रहेको बताउँछन् । बुद्धिस्ट सर्किट, रामायण सर्किटको चर्चा पनि गर्छन् ।
धार्मिक पर्यटनका लागि पशुपतिनाथ, स्वर्गद्वारी, लुम्बिनी र जनकपुरको नाम लिएका रे ले साहसिक पर्यटनका लागि नेपालको अन्नपूर्ण वेश क्याम्प र एभरेष्ट बेश क्याम्प ट्रेकिङको वारेमा कुरा गर्छन् । उनले आफूले पनि ट्रेकिङ गरेको र नेपालको माउन्टेन क्षेत्रमा जहाँ पनि ट्रेकिङका लागि उपयुक्त ट्रेकिङ रुट रहेको वारेमा बताउँछन् । पछिल्लो समयमा त अन्य थुप्रै ट्रेकिङ रुट खुलीसकेको रे को भनाई छ ।
एडभेन्चर टुरिजमका लागि पनि नेपाललाई रोज्न सकिने रे को भनाई छ । उनले प्याराग्लाइडिङ र रिभर र्याफ्टिङको लागि नेपालमा आकर्षक ठाउँहरु रहेको बताए ।
कल्चरल टुरिजमको लागि काठमाडौंको नेवार समुदायको खानपान र रहनसहन हेर्न पनि रेले अनुरोध गर्छन् । उनले विश्व सम्पदा सूचिमा सूचिकृत आधा दर्जनभन्दा बढी ठाउँहरु उपत्यका भित्रै रहेको र सबै ठाउँमा सहज रुपमा पुग्न सकिने बताउँछन् । ती ठाउँहरुमा पशुपतिनाथ, स्वयम्भुनाथ, हनुमानढोका दरबार स्व्वायर, बौद्धनाथ स्तुपा,पाटन दरबार, भक्तपुर दरबार स्क्वायर र चागुँनारायण लगायतका ठाउँहरु भएको बताउँछन् ।
नेपाल जुनसुकै खालको पर्यटकीय गतिविधिका लागि पनि उत्तम ठाउँ भएको रे को भनाई छ । नयाँ दिल्लीबाट सवा घण्टामै काठमाडौं पुग्न सकिने, भिजा लगाउनु नपर्ने, पासपोर्ट नचाहिने, कुनै पनि परिचयपत्र देखाएर जान सकिने, भारतीय र नेपाली रुपैयाँको फिक्स विनिमय दर, अन्तरदेशिय क्युआर भुक्तानी लगायतका सुविधा रहेका कारणले भारतीय पर्यटकका लागि नेपाल आकर्षक र सहज गन्तव्य भएको उनको भनाई छ ।
नेपालको खानाको वारेमा कुरा गर्दै रे भन्छन् ‘नेपालमा हरेक चाडपर्वमा अलग अलग रेसिपी बन्छन् । चामलको पिठोबाट बन्ने सेलरोटी त्याहाँको निकै अविष्मरणिय परिकार हो । शंख सेपमा बनाइने यमूरी पनि निकै मिठो खानेकुरा मध्येको एक हो । मम, बारा र मांसाहारीका लागि मासुका पनि अनेकौ परिकार पाइन्छ । म भेजिटेरियन भएकाले मासु टेस्ट गरिन । यति राम्रो ठाउँ, यति नजिकको ठाउँ, कुनै झन्जट बिनै जान सकिने ठाउँ भएकाले एक पटक नेपाल घुम्नका लागि म सबै भारतीयलाई आग्रह गर्न चाहन्छु ।’
कुराकानीको अंश हेर्न यहाँ क्लिक गर्नुहोस