रसुुवाको बाढीले चीनसँगको सम्पर्कबिच्छेद

टुरिजमफेस
काठमाडौं । अविरल वर्षापछि रसुवामा आएकाले बाढीले चीनसँगको सम्पर्क बिच्छेद भएको छ । सोही बाढीमा परेर १५ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीमा परी ३ जना प्रहरीसहित १५ जना बेपत्ता छन् ।
बेपत्ता हुनेमा ६ जना नेपाली कामदार, २ जना नेपाली ड्राइभर, चार जना चिनियाँ कामदार र तीन जना नेपाल प्रहरीका जवान रहेको बताए । बाढीले मितेरी पुल पूरै बगाएको छ ।
मितेरी पुल बगाउँदा चीनसँगको सम्पर्क बिच्छेद भएको छ । त्यस्तै बाढीले रसुवागढी भन्सार कार्यालयका यार्डमा राखिएका विद्युतीय गाडी र मालबाहक कन्टेनर पनि बगाएको छ । बाढीले गरेको क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको पौडेलले बताए ।