नाकबाट एक्कासी रगतबगेपछि अस्पताल भर्ना भए हरिवंश आचार्य
काठमाडौं । अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
नाकबाट एक्कासी रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।
विराटनगरको हिमगिरी हाइजिङको ब्राण्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार विराटनगर पुगेका थिए ।
आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका छन् । उनले आचार्यको अवस्था सामान्य रहेको बताएका छन् । उनले अभिनेताको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
अस्पतालमा भर्ना भएका अभिनेता आचार्यलाई भेट्न उनका फ्यानहरुको घुइँचो लागेको छ ।