करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत विजेता घोषणा, २५० को सामान किन्नेले पाए १० लाख उपहार
करदाता प्रोत्साहन उपहार कार्यक्रम काठमाडौँ, २२ साउनः रु दस लाख राशीको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणाका लागि शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलगायत सहभागी । तस्बिर सौजन्यः अर्थमन्त्रीको सचिवालय/रासस
काठमाडौं । पहिलो चरणका करदाता प्रोत्साहन कार्यक्रममा आज घोषणा गरिएको छ ।
आन्तरिक राजस्व विभागले पहिलो चरणमा साउन १ गतेदेखि १५ गतेसम्मका १५ जना विजेता र पाक्षिक रुपमा एक जना बम्पर उपहार विजेता घोषणा गरेको हो ।
पाक्षिक बम्पर उपहार विजेताले शिवकृष्ण जनरल स्टोरबाट रु २५० को सामान खरिद गरेका थिए । कुपन नम्बर ००७३१५२५४४९३ भएका उनले रु १० लाख जितेका छन् ।
साथै साउन १ गतेका विजेताले लिटल फ्लावर इङ्लिस बोर्डिङ स्कुलमा रु ३० हजार भुक्तानी गरेका थिए । उनको कुपन नम्बर ००७७५५५८०६७० रहेको छ । साउन २ गतेका विजेताले आर बी इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सेन्टरमा रु २७० भुक्तानी गरेका थिए । उनको कुपन नम्बर ००२९२८८१७८११ रहेको छ ।
साउन ३ गतेका विजेताले टर्मिनल वान हिमालयन मार्ट प्रालिमा रु ५६० खर्च गरेका थिए । उनको कुपन नम्बर ०३०६६७७९५८९ रहेको छ । साउन ४ गतेका विजेताले विजनेस इन्टरटेनमेन्ट प्रालिमा रु २४० खर्च गरेका थिए । उनको कुपन नम्बर ०१५६११०५९०७५ छ ।
साउन ५ गतेका विजेताले भेटघाट रेष्टुरेन्टमा रु ३०० खर्च गरेका थिए । उनको कुपन नम्बर ००९९१७८३३२४५ छ ।
साउन ६ गतेका विजेताले श्री पाथीभरा देवी ट्रेडर्समा रु २३० खर्च गरेका थिए । उनको कुपन नम्बर ००८७८२४८६३३५ छ । साउन ७ गतेका विजेताले हाम्रो सहारा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमा रु तीन हजार खर्च गरेका थिए । उनको कुपन नम्बर ०१२२५८०८६५९९ छ । साउन ८ गतेका विजेता उपभोक्ताले शुभ सिद्धि सप्लायर्समा रु ९०० खर्च गरेका थिए । उनको कुपन नम्बर ००४७८०९४०८८४ छ ।
त्यसैगरी, साउन ९ गतेका विजेताले होटल एम्ब्रोसिया प्रालिमा रु ७३० खर्च गरेका थिए । उनको कुपन नम्बर ०१३०३५२३०२९७ छ । साउन १० गतेका विजेताले मुस्कान मोबाइलमा रु चार हजार ७०० खर्च गरेका थिए । उहाँको कुपन नम्बर ०१४९७३९३०७३३ छ । साउन ११ गतेका विजेताले टोखा डेरीमा रु २२५ खर्च गरेका थिए । उनको कुपन नम्बर ०१०८३७१८०३३२ रहेको छ ।
विभागका अनुसार साउन १२ गतेका विजेताले मेगा मार्ट प्रालिमा रु १६० खर्च गरेका थिए । उहाँको कुपन नम्बर ००१८०८९६५९८६ छ । साउन १३ गतेका विजेताले मदन स्टोरमा रु ५८० खर्च गरेका थिए । उनको कुपन नम्बर ००६८४१५५३५३७ छ ।
साउन १४ गतेका विजेताले एलिप्स ईकम प्रालिमा रु ५०० खर्च गरेका थिए । उनको कुपन नम्बर ००५५८८५०६०८५ छ भने साउन १५ गतेका विजेताले पिपुल कलेक्सनमा रु ५०० खर्च गरेका थिए । उनको कुपन नम्बर ०११३८०९१४५८० छ ।
साउन १ गतेदेखि १५ गतेसम्मका दैनिक विजेताहरुले जनही रु एक लाख ३३ हजार ३३४ प्राप्त गर्नेछन् ।
करदाता प्रोत्साहन उपहार कार्यक्रम काठमाडौँ, २२ साउनः रु दस लाख राशीको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणाका लागि शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलगायत सहभागी । तस्बिर सौजन्यः अर्थमन्त्रीको सचिवालय/रासस
