पाथीभरामा केबलकार निर्माण नरोकिने

टुरिजमफेस
काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माण हुन थालेको केबलकार निर्माणको काम नरोकिने भएको छ । त्यहाँ बनाउन लागेको केबलकारले लिम्बु जातिको सभ्यता संकटमा पर्ने तथा वातावरण विनास हुने भन्दै निर्माण कार्य रोक्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि निर्माणको बाटो खुलेको हो ।
स्थानीय यामबहादुर लिम्बुसमेतले पाथीभरा देवी दर्शन केवलकार प्रालिलगायतलाई विपक्षी बनाई सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले केबलकार निर्माणको कार्य नरोक्ने आदेश दिएको हो ।