पर्यटकीय जिल्ला मुस्ताङमा माओवादी केन्द्रको पार्टी कार्यालय शिलान्यास

मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बौद्ध परम्पराअनुसार पार्टी कार्यालय शिलान्यास गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र—२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका हुन् ।
त्यस अवसरमा अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे ।
साथै उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए । रासस