रुपन्देही ३ मा प्रतिनिधिसभा सदस्यका लागि कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय

निर्वाचन आयोगको कार्यालय
काठमाडौं । प्रतिनिधि सभा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ ।
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन हुन लागको हो । बोहोराको गएको चैत्र १९ गते निधन भएको थियो ।
निर्वाचन आयोगले करिब ४ महिना अघि नै उपनिर्वाचनको मिति टुङ्गो लगाएको छ । दलहरुले पनि कसलाई उम्मेदवार बनाउने ? कुन दलसँग चुनावी तालमेल गरेर उम्मेदवार उठाउने वा समर्थन गर्ने भन्ने विषयमा गृहकार्य अघि बढाइसकेका छन् ।
निर्वाचन आयोगको कार्यालय