टुरिष्ट बस एसोसियसन अफ नेपालको अध्यक्षमा ढकनाथ काफ्ले निर्वाचित
टुरिजमफेस
काठमाडौँ । पर्यटक बस व्यवसायीहरूको छाता संस्था टुरिष्ट बस एसोसियसन अफ नेपाल (टिवान)को अध्यक्षमा ढकनाथ काफ्ले निर्वाचित भएका छन् । १५ औँ वार्षिक साधारणसभा तथा आठौँ निर्वाचनबाट काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
एसोसियसनको प्रथम उपाध्यक्षमा सुजन आचार्य, द्धितीय उपाध्यक्षमा चिरञ्जीवी गिरी, महासचिवमा अशोक अर्याल निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुशील दाहालले जानकारी दिए । यस्तै, कोषाध्यक्षमा सुजन दाहाल, सदस्यमा रमेश पौडेल र छविलाल घिमिरे निर्वाचित भएका छन् ।
दुई दशकदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशील नवनिर्वाचित अध्यक्ष काफ्ले यसअघि टिवानको पूर्व उपाध्यक्ष तथा नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) केन्द्रको सहकोषाध्यक्ष रहिसकेका छन् ।
